आज सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार तेस्रो दिनपनि बढेको छ । शुक्रबारदेखि बढेको सुनको भाउले सोमबार पनि निरन्तरता पाएको छ ।

त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४०० रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन १ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, सोमबार चाँदीको भाउ भने २० रूपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *