दोलखा केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेटमा हाटडाँडा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्प छिमेकी जिल्लाहरूमा समेत महशुस गरिएको थियो।

यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *