सेयर बजार ओरालोतिर, कसको कति किनबचे ?

काठमाडौं । सेयर बजार बुधबार पनि ओरालो लागेको छ। आज नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ को विन्दुमा झरेको हो।

आज ३१३ कम्पनीको ६३ करोड ४१ लाख १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ८० कम्पनीको सेयर मुल्य बढेको छ भने १५९ कम्पनीको सेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजू, हिमालयन उर्जा विकास कम्पनी र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल तराईका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् आज यस कम्पनीक ालगानीकर्ताले ७ दशलमव ८४ प्रतिशतका दरले गुमाएका हुन् ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

एनआईसी एसिया बैंक ६ करोड २६ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर ६ करोड ९ लाख रुपैयाँ,सगरमाथा जलविद्युत ५ करोड ८६ लाख रुपैयाँ,मोलुङ हाइड्रोपावर ५ करोड ५७ लाख रुपैयाँ,जोशी हाइड्रोपावर ५ करोड २ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ४ करोड ९ लाख रुपैयाँ,ङादी ग्रुप पावर ३ करोड ९४ लाख रुपैयाँ,हिमालयन डिस्टिलरी ३ करोड ३४ लाख रुपैयाँ,बोटलर्स नेपाल २ करोड ९८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *