आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्यमा स्थिरता कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला आजपनि सोही मूल्य कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै कायम हुँदै प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *