सेन्ट जुलियन स्कुलले मनायो १५ औं वार्षिक उत्सव

काठमाण्डौ। काठमाडौंको चावहिलमा अवस्थित सेन्ट जुलियन इङ्लिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १५ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ। शनिबार चावहिलस्थित एक पार्टी प्यालेसमा ९ सयभन्दा बढी अभिभावकहरुको उपस्थितिमा विद्यालयले वार्षिक उत्सव मनाएको हो।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष तथा प्रधानाध्यापक समेत रहेका सुजन बरालले विद्यालयले बालबालिकाले अभिभावकको गरिबीकै कारण पढाइबाट बन्चित हुनु पर्ने अवस्थाको अन्त्य गर्दै आएको बताए। उनले गरिबीकै कारण बोर्डिङ स्कुल पढ्न नसक्नेहरुका लागि पचास प्रतिशत शुल्कमै अध्ययन अध्यापन गराउँदै आएको बताए।

बरालले बोर्डिङ स्कुललाई अंग्रेजी मैत्रीकै रुपमा मात्रै चिनिने गरिएकोमा यस विद्यालयले नेपाली विषयलाई समेत त्यतिनै महत्व दिएर पठनपाठन सुरुवात गरेको जानकारी दिए। उनले आफूले सदैव विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने लक्ष्य राखेको बताए।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं क्षेत्र नम्बर ३ का सांसद तथा अर्थसमितिका सभापति सन्तोष चालिसेले वर्तमान अवस्थामा निजी विद्यालयलहरुले नेपालको शैक्षिक उन्नयनमा खेलेको भूमिकाबारे प्रकाश पारेका थिए। उनले विद्यालयको संरक्षणका लागि आफूसँधै विद्यालय परिवारकै साथमा रहने प्रतिवद्धता जनाए।

प्रधानाध्यापक सुरेन्द्र मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका छात्र छात्राहरुले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। सो अवसरमा विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई सम्मान समेत गरिएको प्रधानाध्यापक मगरले जानकारी दिए।

कार्यक्रममा स्थानीय सरस्वती सुधार संघ, रुम्जाटार गुरुङ समाज, स्थानीय बुद्धिजिवी लगायतको बाक्लो उपस्थिती रहेको थियो। सेन्ट जुलियन स्कुलमा नर्सरीदेखि कक्षा ८ सम्म २ सय ५० भन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दै आएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *