स्कारपियो र मोटरसाइकल एक आपसमा ठोकिँदा दुई युवकको मृत्यु

रौतहट । पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिका वडा ३ मा स्कारपियो र मोटरसाइकल एक आपसमा ठोकिँदा दुईजना युवकको मृत्यु भएको छ ।

गएराति साँढे ८ बजेको समयमा भएको उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका वडा ६, का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पन्जियार थारुले बताए । दुर्घटनामा परी घाइते दुवै युवकलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको डिएसपी थारुले जानकारी दिए ।

दुर्घटना लगत्तै प्रहरीले स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ तर चालक भने फरार भएको तथा उसको खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।

तीव्र गतिमा सवारी चलाउने गरेको कारण सो क्षेत्रमा दैनिक जसो सवारी दुर्घटना भइरहेको स्थानीयहरूले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *