आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । सोमबार तोलामा दुई सय रुपैयाँले घटेर एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन तोलाको एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेर तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *