नामिबियाले दियो नेपाललाई बिशाल लक्ष्य

काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाले नेपाललाई २ सय ७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायो ।

नामिबियाका जान निकोल लफ्टी एटोनले कीर्तिमानी शतक बनाए । उनले ३३ बलमै शतक बनाउँदै नेपालका कुशल मल्लको रेकर्ड तोडे । यसअघि नेपालका कुशल मल्लले मङ्गोलियासँगको खेलमा ३४ बलमा शतक बनाएका थिए ।

लफ्टी एटन ३६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै मलन क्रुगेरले ५९ रन बनाए । नेपालका कप्तान रोहित पौडेलले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *