सर्वोत्तम सिमेन्टको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओका लागि मागभन्दा १९ गुणा बढीको आवेदन परेको छ । १० लाख १२ हजार ३८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो कम्पनीको शेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले शेयर पाउँदैनन् ।

सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो अन्तिम दिन थियो । कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ । न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *