स्रोत नखुलेको पैसासहित एक जना पक्राउ

सर्लाही । लालबन्दी नगरपालिका-१४ लखन्देही खोलास्थितबाट स्रोत नखुलेको नगद १४ लाख १० हजार रूपैयाँसहित सोही एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नगरपालिका-१४ बस्ने ४६ वर्षीय धन बहादुर पाख्रिन रहेका छन् ।

प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले प्र.२-०३-०११ प ८३५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाख्रिनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *