शालीन पोख्रेलको लागि न्याय माग्दै सिन्धुलीमा प्रदर्शन 

सिन्धुली। चितवन जिल्लास्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीय छात्रा शालीन पोखरेल छात्रावासमा मृत फेला परेको शङ्कास्पद विषयमा निष्पक्ष न्यायको माग गर्दै सिन्धुलीका विद्यार्थीहरूले सदरमुकाम सिन्धुलीमाढीको लोकतान्त्रिक चोकमा प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले ‘जस्टिस फर शालीन पोखरेल’, ‘न्यायका लागि सरकार खोज्दै’, ‘सरकार खबरदार’ लेखेको प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्।
कार्यक्रम सिन्धुलीका युवा विद्यार्थीहरू कृष्ण लामिछाने, राजीव थापा, स्वस्तिका बख्रेल, विकास तामाङ लगायतको अगुवाइमा भएको थियो।
साथै कार्यक्रममा बाल अभियन्ता, बाल सञ्जालका पदाधिकारी र सिन्धुली सदरमुकाममा अध्ययनरत क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *