हिजो नेकपा एस छाडे, आज मन्त्री बने मनाङे

dipak manage

पोखरा- एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे)मन्त्री बनेका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई भौतिक पूर्वाधारमन्त्रीमा नियुक्त गरेका हुन्।

उनको शपथ सोमबार नै गराउने तयारी गरिएको छ।

यसअघि यो मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रका रेशम जुग्जालीले सम्हालेका थिए।

केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक मन्त्रालय आफैँसँग राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *