पासोबाट उद्दार गरिएको चितुवाले वन कर्मचारीमाथि गर्‍यो आक्रमण

chituwa

कञ्चनपुर। कञ्चनपुरमा डिभिजन वन कार्यालयभित्रै चितुवाले एक जनालाई आक्रमण गरेको छ । डिभिजन वन कार्यालय महेन्द्रनगरमा सशस्त्र वन रक्षकतर्फ जमदार पदमा कार्यरत अर्जुनसिंह थापालाई चितुवाले आक्रमण गरेको हो ।

बेहोस् बनाएर खोरमा हाल्ने क्रममा थापामाथि चितुवाले आक्रमण गरेको डिभिजिन वन कार्यालयका प्रमुख भीम कडेलले बताए  ।

चितुवालाई डाट हानिएको थियो । बेहोस भइसकेको ठानेर खोरमा लैजान खोज्दा चितुवा थापामाथि झम्टिएको थियो । त्यसपछि  तत्कालै अर्को डाट हानेर बेहोस बनाइएको थियो ।

चितुवाको आक्रमणबाट घाइते भएका थापाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था समान्य रहेको छ ।

उनलाई आक्रमण गर्ने चितुवालाई चार दिनअघि कृष्णपुर नगरपालिका–१ को दिपेन्द्र स्मृती सामुदायिक वनमा पासोमा परेको अवस्थामा उद्दार गरिएको थियो । चितुवालाई लालझाडी वन क्षेत्रमा छाडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *