खुमनको व्यस्तता, सांगीतिक प्रस्तुतिका लागि उडे कतार

काठमाडौं । स्याङ्जा सहयोग समाज कतारको आयोजनामा हुँदैगरेको सांगितिक कार्यक्रमको लागि गायक खुमन अधिकारी कतार उडेका छन् ।

राम्दीधाम बृद्धाश्रम सहयोगार्थ स्वरूप कतारमा सांगितिक धमाका दिन लागेका गायक अधिकारि संगै डान्सर अस्मिता रनपाल र कमला गैरे पनि गएका हुन्।

करिब दुई दशक देखि एकछत्र नेपाली लोक सांगीतिक क्षेत्रमा आफुलाई चर्चित गायक अधिकारि पछिल्लो समय स्टेज कार्यक्रममा व्यस्त देखिन्छन् ।

दुई दसक को लामो सांगीतिक अनुभब बटुलेका गाएक अधिकारी पछिल्लो समय देश तथा बिदेशमा भएका विभिन्न महोत्सब एवं सांगीतिक कार्यक्रममा समय मिलाउन हम्मेहम्मे परिरहेको बताउँछन् ।

यो बीचमा नयाँ नया वर्षको अबसरमा बुटवल, नवलपरासी, बर्दघाटमा आफ्नो प्रस्तुति दिएका उनी स्याङ्जा सहयोग समाज कतारको आयोजनामा हुँदैगरेको सांगितिक कार्यक्रमको लागि कतार उडेका हुन् ।

सांगीतिक क्षेत्रको लागि अनुसासनको पर्याय बनेका अधिकारीको बच्चा देखि बृद्धसम्म लोभ लाग्दो क्रेज देख्न सकिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *