उद्यमशीलतामाथि बहस चलाउँदै कायापलट

काठमाडाैं – उद्यमशीलतामाथि कायापलटले बहस चलाउने भएको छ । आउँदो शुक्रबारबाट कायापलटले उद्यमशीलताका चुनौती र अवसरबारे नियमित बहस चलाउने भएको हो ।

यस कार्यक्रमलाई ‘ग्रिन टक’ नाम दिएको कायापलटले विभिन्न वक्ता र सहजकर्ता झिकाएर बहस चलाउने बताएको छ । सम्बन्धित क्षेत्रमा आफ्नो छाप छोडेका व्यक्तिहरूलाई बोलाएर बहस चलाउने कायापलटका संस्थापक दिवाकर उप्रेतीले समाजपत्रलाई बताए ।

‘यसमा हामी उद्यमशीलता/स्टार्टअपसँग सम्बन्धित रहेर बहस चलाउने छौँ । हरित अर्थतन्त्रको कुराहरूमा पनि विशेष फोकस गरिने भएकोले पनि यसलाई ग्रिन टक भनिएको हो,’ उप्रेतीले भने, ‘यो नियमित चल्नेछ । वक्ता र सहजकर्ता कार्यक्रमअनुसार सार्वजनिक गरिने छ ।’

यो कार्यक्रम समाजपत्र र नागरिक मिररको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिने कायापलटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *