विराटनगरबाट काठमाडौं आउँदै गरेको जहाजमा चरा ठोक्कियो

काठमाडौं । विराटनगरबाट काठमाडौं आउँदै गरेको सौर्य एयरको जहाजमा चरा ठोक्किएको छ ।

सौर्यको उडान नम्बर एसवान ७२२ मा चरा ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विराटनगरबाट ११ बजेर ३० मिनेटमा उडेको उक्त जहाज अवतरणका क्रममा चरा ठोक्किएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *