काठमाडौँ महानगरले कन्सर्टसहित विश्वकप क्रिकेटमा नेपालकाे खेल लाइभ गर्ने

balen

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विश्वकप क्रिकेटमा नेपालको खेल लाइभ देखाउने भएको छ । महानगरले टुँडिखेलमा नेपालको सबै खेल लाइभ देखाउने भएको हो । टी–२० विश्वकपमा नेपालले भोलि राति ९ः१५ बजे नेदरल्याण्ड्सवीरुद्ध खेल्दै छ ।

महानगरले आयोजना गरेको उक्त कन्सर्टसहितको विश्वकप लाइभमा मेयर बालेन शाह पनि उपस्थित हुनेछन् । टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइने महानगरले जनाएको छ । त्यस्तै टुँडिखेलमा सांस्कृतिक कार्यक्रमको साथै खाजा खानाको पनि व्यवस्था गरिएको छ । सबैलाई निशुल्क प्रवेश गराइने पनि महानगरले जनाएको छ ।

विभिन्न २० टोली सहभागी उक्त टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश छन् । नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग यही जेठ २२ गते अर्थात भोलि राति खेल्दैछ । जेठ २९ गते श्रीलङ्कासँग दोस्रो खेल खेल्नेछ भने जेठ ३२ गते दक्षिण अफ्रिकासँग खेल्नेछ । त्यस्तै नेपालले आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *