क्रिकेट टिमका सदस्यलाई फोन गरेर राष्ट्रपति पौडेलले दिए जितको शुभकामना

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले टी२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई  उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले  नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले सम्पूर्ण नेपाली साथमा रहेको  भन्दै उच्च मनोबलका साथ  मैदानमा उत्रिएर सफलता प्राप्त गर्ने विश्वास व्यक्त  गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको  छ । उनले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *