तीनकुने र हाँडीगाउँमा पनि विश्वकपको प्रत्यक्ष प्रसारण हुने

काठमाडौं। काठमाडौं महानगरपालिकाले  ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारणको तयारी गरेको छ।

नेपाली समयअनुसार भोलि साँझ सवा नौ बजेदेखि नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग हुनेछ। यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन्।

महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए।

यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन। प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ। टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको सांगीतिक प्रस्तुति हुने महानगरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *