सामान्य अंकले बढ्यो बजार, कारोबार ४ अर्ब ८ करोडभन्दा बढी

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक अर्थात् ६.२२ अंकले बढेर २ हजार ८५.३० विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार बजार ३.९७ अंकले घटेर २ हजार ७९.०७ विन्दुमा बन्द भएको थियो ।

त्यसैगरी यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि १.९५ अंकले बढेर ३७२.०२ विन्दुमा पुगेको छ ।यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये ३१५ वटा कम्पनीको कुल ८३ लाख ५ हजार ७८६कित्ता शेयर ४ अर्ब ८ करोडभन्दा बढीमा कारोबार भएको छ ।अघिल्लो कारोबार दिन भने ४ अर्बभन्दा केहि बढीको शेयर खरिदबिक्री भएको थियो ।

यो दिन १२५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११४ वटा कम्पनीको घटेको छ । बाँकी ८ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

यो दिन हाइड्रोपावर, म्युचुअल फण्ड र अन्य उपसमूहमा रातो पोतिएको छ भने अरु उपसमूहमा हरियाली छाएको छ । यो दिन सबैभन्दा बढी व्यापार समूह २.७० प्रतिशतले बढेको छ । नेप्सेमा सूचीकृत १३ वटा उपसमूह मध्ये सबैभन्दा धेरै हाइड्रोपावर उपसमूह घटेको  छ।

यो दिन ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट  लागेको  छ। यो दिन उक्त कम्पनीको प्रतिकित्ता शेयरमूल्य १३१.५० रुपैयाँ बढेर १ हजार ४४६.५० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, यो दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.२४ प्रतिशतले बढेको  छ । त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ। त्यसैगरी यो दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ५.५१ प्रतिशतले घटेको छ।यस्तै इष्टर्न हाइड्रोपावरको शेयरमूल्य४.६८ प्रतिशतले घटेको  छ।

उता यो दिन कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा छ। उक्त कम्पनीको २० करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल फाइनान्सको करिब १३ करोडको शेयर कारोबार भएको छ । यसैगरी,एनआरएन इन्फ्रास्ट्रक्चर र युनाइटेड अजोड इन्स्योरेन्सको करिब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजेटपछि घटेको बजार विस्तारै सुधारिने प्रयासमा रहेको लगानीकर्ताले बताएका छन् । सामान्य अंकले बजार बढ्नुले पनि यहि संकेत देखाएको लगानीकर्ता नविन पौडेल बताउँछन् । उनका अनुसार बजेटले लगानीकर्ताको मनोभावनालाई समेट्न नसकेकै कारण त्यसको प्रभाव नेप्से परिसूचक र कारोबार रकममा देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *