हाइपर्ससँगको सहकार्यमा ‘आन्टरप्रेनर ग्यादरिङ’ आयोजन गर्दै बिमस्टार्ट

बिमस्टार्टले हाइपर्ससँगको सहकार्यमा ‘आन्टरप्रेनर ग्यादरिङ’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

उद्यमीहरूलाई एक साथ ल्याउनको लागि २ अगस्टमा सो कार्यक्रम आयोजना हुने भएको हो ।

बिमस्टार्टकाअनुसार ‘आन्टरप्रेनर ग्यादरिङ’ बिमस्टार्टको नियमित कार्यक्रम हो। जसमा उद्यमीहरूले नयाँ सम्भावित साझेदारीहरू र व्यापारिक अवसरसमेत प्राप्त गर्ने मौका पाउनेछन् ।

त्यस्तै, अन्य उद्यमीहरूसँग भेटघाट बढाई आफ्नो व्यवसायलाई धेरैसमक्ष परिचय गराउन यस कार्यक्रमले सहयोग पुर्‍याउने बिमस्टार्टले जनाएको छ ।

‘सम्भावित क्लाइन्टहरू खोज्न, सम्भावित इनभेस्टर भेट्न र बिजनेस माइन्ड सेट भएका नयाँ साथीहरू बनाउन यसले सहयोग पुर्‍याउने छ,’ बिमस्टार्टले भनेको छ, ‘यस कार्यक्रममा कम्पनीका संस्थापक, बिमस्टार्ट नेटवर्कबाटै केही इनभेस्टर, फ्रिलान्सर, प्रोग्रामर्स, डिजाइनर्स, आदि सँग नेटवर्क बढाउने अवसर मिल्नेछ ।’

यसमा सीमित स्थान रहेकाले अगाडि नै रिजर्भ गरेर सिट सुरक्षित गर्न बिमस्टार्टले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *