नेपालमा उद्यमशील समूहका लागि बिमस्टार्ट र हाईपर्सले गर्दै उद्यमशीलता सम्मेलन

काठमाडौं, नेपाल – नेपालमा उद्यमशीलता समुदायलाई एकसाथ ल्याउन बिमस्टार्ट र हाईपर्सले संयुक्त रूपमा उद्यमशीलता सम्मेलन आयोजना गर्ने भएका छन् ।

२ अगस्ट अर्थात् साउन १८ गते ललितपुरस्थित पुलचोकमा रहेको ‘द इन्ट्रान्स क्याफे’मा कार्यक्रम आयोजना हुने भएको हो ।

कार्यक्रम दिउँसो तीन बजेदेखि ६ बजेसम्म हुने आयोजना हुने आयोजकले बताएका छन् ।

हालसम्म बीमस्टार्टले विश्वभर २०० भन्दा बढी कार्यक्रमहरू आयोजना गरिसकेको छ । जसले ५० हजारभन्दा बढी सहभागीहरूलाई एकठाउँमा समेटेको छ ।

त्यसैगरी यसपटक हुँदै गरेको उद्यमशीलता सम्मेलनमा पनि नेपालका निर्णयकर्ता, उद्यमी र यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूलाई समेट्ने योजना हाईपर्स र बिमस्टार्टको छ ।

आयोजककाअनुसार सहभागीहरूले गुणस्तरीय नेटवर्किङ, व्यवसायिक साथ–सहयोग प्राप्त गर्नेछन् । कुल ८० देखि १०० जना सहभागी हुने अनुमान गरिएको यस कार्यक्रममा ३ जना बराबर एकजना निर्णयकर्ता हुने आयोजकको दाबी छ ।

त्यस्तै यस सम्मेलनको लागि प्रायोजकको आह्वान पनि आयोजक संस्थाले गरेका छन् । जसबापत त्यहाँ बुथको व्यवस्था, कार्यक्रमको प्रत्यक्ष प्रसारण, मिडिया अन्तवार्ता र समाचार माध्यमबाट करिब २ लाख ५० हजार पाठक/श्रोतामाझ पुग्ने दाबी आयोजकको छ ।

करिब एक लाख पचास हजारभन्दा बढी मानिसहरूलाई लक्षित समाचार विज्ञापनबाट लाभ पाउने हाईपर्स र बिमस्टार्टले प्रेस रिलिजमार्फत भनेको छ ।

कार्यक्रममा सहभागी हुनकगि इच्छुकले आयोजकले उपलब्ध गराएको लिङ्कमा गएर दर्ता गराउन सक्नेछन् ।

यसरी कार्यक्रम गर्नुको उद्धेश्य उद्यमशीलता मार्फत राष्ट्र निर्माणलाई समर्थन गर्नु रहेको आयोजकको भनाई छ । स्मरण रहोस्, बीमस्टार्ट यस्तै सम्मेलन आयोजना गर्ने संस्था हो भने हाईपर्स उद्यमशीलता र स्टार्टअपहरूलाई समर्थन गर्ने प्रमुख संस्था हो । विशेषगरी हाइपर्सले ईकमर्शको क्षेत्रमा काम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *